ओरालो लाग्दै उच्चविन्दुमा पुगेको डलरको भाउ, यस्तो छ अन्य देशको विनिमयदर

काठमाडौं, २७ कात्तिक । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा निर्धारण गरेको हो।

त्यस्तै युरो १ को खरिद दर १३२ रुपैयाँ ५३ पैसा तथा बिक्री दर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५१ रुपैयाँ ६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ तोकिएको छ । एक कुवेती दिनारको खरिददर ४ सय १९ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय २१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३५ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३५ रुपैयाँ ४३ पैसा तोकिएको छ । एक बहराईन दिनारको खरिददर ३ सय ४२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ४३ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here