काठमाडौं,२८ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा सोमबार सिक्लेस हाइड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सिक्लेसको ८५ लाख कित्ता शेयर सूचीकरण भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ११६.८६ रुपैयाँदेखि अधिकतम ३५०.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । SIKLES संकेत चिह्नमा यसको कारोबार खुला हुनेछ ।
यस्तै, खप्तड लघुवित्तको ४ लाख कित्ता शेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले १०१.०७ रुपैयाँदेखि अधिकतम ३०३.२१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
कम्पनीको कारोबारका लागि नेप्सले KLBS संकेत चिह्न प्रदान गरेको छ ।
नेप्सेमा सूचीकरण भएसँगै दुवै मंगलबारदेखि दुवै कम्पनीको शेयर कारोबारमा आउने छ । यद्यपि, भोलि प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।