दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से)२१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२६ कम्पनीको ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ बराबरको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १२ वटाको बढेको छ भने १ वटा बढेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । तारागाँउ रिजेन्सी होटलको शेयरमुल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३८३ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here