पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।

बुद्धले एक विज्ञप्ति जारी गर्दै आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा गरेको हो ।

पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार पोखरा-बनारस-पोखरा उडान हुनेछ ।

यस्तै, पोखरा-दिल्ली र पोखरा देहरादुन उडानका लागि एयर ट्राफिक सर्भिसेस अर्थात् एयर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ ।

भारत सरकारबाट स्कीकृती प्राप्त हुनसाथ पोखरा-दिल्ली-पोखरा प्रत्येक दिन २ उडान र पोखरा- देहरादुन-पोखरा हप्तामा ३ उडानका लागि प्रकृया अघि बढाउने बुद्धले जनाएको छ ।

अहिले बुद्धले काठमाडौं-बनारस नियमित उडान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here