अमेरिकी डलरको तुलनामा यूरो ६ रुपैयाँ महंगो

काठमाडौं । यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ४६ पैसा र बिक्री दर १३० रुपैयाँ ६ पैसा रहेको छ। गरेको छ।

यूरो १ को खरिद दर १३४ रुपैयाँ ७० पैसा तथा बिक्री दर १३५ रुपैयाँ ३३ पैसा तोकिएको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६६ पैसा रहेको छ।

यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३७ रुपैयाँ ८३ पैसा र बिक्री दर १३८ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५९ पैसा र बिक्री दर ८८ रुपैयाँ तोकिएको छ।

क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ छ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here