जाल्पा लघुवित्त घाटामा, प्रतिशेयर आम्दानी २.५६ रुपैयाँ ऋणात्मक

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १० लाख ३० हजार रुपैयाँ घाटामा रहेको हो ।

जबकी लघुवित्तले गत वर्षको सोही अवधिमा १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढे पनि संचालन नाफामा ठूलो गिरावट आउँदा लघुवित्त नोक्सानीम गएको हो । साथै, खराब कर्जा बढेपछि इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफामा असर परेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.६० प्रतिशत बढेर ९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत वर्ष ९ करोड ६० लाख संचालन नाफामा रहेको लघुवित्त चालु आवमा १ करोड ३२ लाख सञ्चालन घाटामा छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ६० करोड निक्षेप संकलन र १ अर्ब ९० करोड सापटी लिई कुल ५ अर्ब ९ करोड ऋण लगानी गरेको छ । हाल १६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३८ करोड रुपैयाँ संचित छ ।

नोक्सानीमा गएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.५६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३३८.१६ रुपैयाँ र खराब कर्जा ३.६१ प्रतिशत छ । लघुवित्तले गत आवसम्मको संचित मुनाफाबाट ७६.८४ प्रतिशत बम्पर लाभांश घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here