भक्तपुरमा आगलागीबाट १ जनाको मृत्यु

काठमाडौं, ३० कात्तिक । भक्तपुरमा बुधबार बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं ६ राइटोल नजिकै भएको आगलागीमा ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो । अस्मिता आत्मरामकी छोरी हुन् ।

आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई उद्दार गरिएको थियो । उनलाई सकुशल उद्धार गरी अस्पताल लगिएको र उनी अहिले डिस्चार्जसमेत भइसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here