बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि सुस्त

काठमाडौं, ३० कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.४ प्रतिशतले बढेको छ ।

तर सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने १.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले बुधबार सार्जनिक गरेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.७ प्रतिशतले बढेको थियो ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तमा वाणिज्य बैंकले रु. ४५ खर्ब ४७ अर्ब निक्षेप लिएका थिए भने रु. ४२ खर्ब २० अर्ब ऋण परिचालन गरेका थिए ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा निक्षेप १.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.२ प्रतिशतले बढेको छ ।

असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.६ प्रतिशत, २६.७ प्रतिशत र ५९.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३४.४ प्रतिशत र ५०.४ प्रतिशत रहेको थियो ।

त्यसैगरी वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.४ प्रतिशतले बढेको छ । पहिलो त्रैमासको अन्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.१ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो । द्धछ।समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.६ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here