सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती

काठमाडौं, १४ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती गरेको छ ।

बैंकले हाल कायम इन्टरनेट बैंकिङ सेवालाई विस्थापित गरी नयाँ एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैंकिङ सेवा सुरु गरेको हो ।

यस नयाँ इन्टरनेट बैंकिङ मार्फत स्टेटमेण्ट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने बेंकले बताएको छ ।

अत्याधुनिक ईन्टरनेट बैंकिङको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ सेवालाई सरल र छरितो रूपमा पु¥याउने बैंकले बताएको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरी बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले हाल ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ एकाइहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here