भारतबाट बढेर आयो पेट्रोलको भाउ

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

भारतबाट बढेर आएको भएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।

निगमले भारतबाट आएको नयाँ मूल्यसूचीमा नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ बढेको छ भने डिजेलको घटेको छ । भारतबाट पेट्रोलको भाउ प्रतिलिटर ३.१६ रुपैयाँ बढेर आएको छ भने डिजेल प्रतिलिटर १.३० रुपैयाँ घटेर आएको छ ।

हाल निगमलाई पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ भने डिजेल र खाना पकाउने एलपी ग्यासमा घाटा छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा रहेको छ भने डिजेलमा प्रतिलिटर १०.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

निगमका अनुसार इन्धनको माग बढेमा निगम अबको १५ दिनमा लगभग १५-२० करोड रुपैयाँ घाटामा जानेछ। माग स्थिरमा रहे निगम यो पटक ब्रेक इभनमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here