किसनलाल दुगडलाई नेपाल बैंकको सम्मान

काठमाडौं, १ मंसिर । के एल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ ।
बैंकले किसनलाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखी नै ब्यबसायिक साझेदारको रुपमा रहीरहेको र यो कुरा बैंकले चिरकाल सम्म सस्थागत रुपमा स्मरण गर्ने जनाएको छ ।

मुलुकमा आर्थिक कारोबारलाई प्रबद्र्धन गर्दै रोजगारी सृजना गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट बिदेशी मुद्रा आर्जन गर्ने, आपुर्ती प्रणालीलाई शाहजिकरण गर्ने, आर्थिक क्रियाकलाप सुचारु गर्दै उध्यमशिलताको बृद्धि गर्ने कार्यमा किसनलाल दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुन पाएकोमा पनि बैंकले गर्व महसुस गरेको कुरा सम्मान प्रमाण पत्रमा उल्लेख छ।

नेपाल बैंकको ब्यबसायिक तथा निष्ठावान ग्राहकको रुपमा दुगडलाई सम्मानपत्रबितरण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।

सो अबसरमा दुगडले आफुले पहिलो बैन्किङ कारोबार नेपाल बैंकबाट गरेको,सन १९६० मा नेपाल बैंक मार्फत नै एल सि खोलेर र जुट निर्यात गरेको बताए । सन १९८१ मा एउटै एल सि मार्फत बैंककै ईतिहासमाआज सम्मैकै ठुलो एल सि मार्फत चामलबङालादेश निर्यात गरेको, बैंककै साथका कारण आफु तथाआफ्नो समुहले कृषितथाबिभिन्न क्षेत्रसँग सम्बन्धित उध्योग खोली उत्पादित बस्तुहरु निर्यात गर्न सक्षम भएको स्मरण गर्दै बैंकको उत्तरोत्तर प्रगतीको शुभकामना दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here