नेकपा अध्यक्ष दाहाल युएई भ्रमणमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । दाहालका सचिवालयका अनुसार भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने हुने छैन ।

भ्रमण टोलीमा उनको पत्नी सीता दाहाल, दुई छोरी रेणु र गंगा पनि रहेका छन् । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here