सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ ।

आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।

आज बिहानदेखि भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका क्रममा कतिपय जिल्लाका मतदानस्थलमा चुनाव स्थगित भएका छन् । आयाेगले बेलुका ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न र स्थगित गर्नै पर्ने अवस्थामा आयाेगसँग पूर्वसहमति लिनुपर्ने जनाएकाे छ । 

आयोगले लेखेको छ ‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सञ्चालन गर्ने र बेलुका ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here