२५ लाखको सरोकार कोष बनाउने घोषणा गर्दै रवीन्द्र मिश्रले भने-‘मनमा अलिकति भए पनि शान्ति दिनेछ’

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा २५ लाखको सरोकार कोष स्थापना गर्ने घोषणा गरेका छन्।

निर्वाचित भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई दिएका मिश्रले उक्त घोषणा गरेका हुन् ।

मिश्र सिंहसँग झिनो मतान्तरले पराजित भएका छन्।

पराजित भएसँगै मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै आफ्ना पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप जोडेर २५ लाखको काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष स्थापना गर्ने घोषणा गरेका छन्।

‘त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ,’ उनले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here