इन्क्रिप्सनसहितको भिडियो तथा अडियो कल थप्दै ट्वीटर

काठमाडौं । ट्वीटरले अब भिडियो तथा भ्वाइस कलको सुविधा थप गर्ने भएको छ । टवीटरका नयाँ मालिक एलन मस्कले इन्क्रिप्सन सहित भिडिओ र भ्वाइस कलको सुविधा ल्याउने तयारी थालेको हो ।

ट्वीटरलाई सुधार गर्ने उद्देश्यसहित यो सुविधा थप गर्न लागेको उनले बताए । सोमबार सानफ्रान्सिस्को स्थित ट्वीटर हेडक्वार्टरमा आफ्ना कर्मचारीहरूसँगको बैठकमा मस्कले ट्वीटर २ दशमलव ० शीर्षकमा प्रस्तुति दिएका थिए ।

मस्कले कर्मचारीहरूलाई कम्पनीले डीएमहरू इन्क्रिप्ट गर्ने र खाताहरू बीच इन्क्रिप्टेड भिडियो र भ्वाइस कलिङ थप्न काम गर्ने बताए।

प्रयोगकर्ताहरूले आफ्नो गोपनीयता र डेटा चोरी हुने चिन्ता नलिएरै सञ्चार गर्न सकून् भन्ने चाहना रहेको उनले जानकारी दिए ।

हामी प्रयोगकर्ताहरूलाई तिनीहरूको गोपनीयताको बारेमा चिन्ता नगरी सञ्चार गर्न सक्षम बनाउन चाहन्छौं, उनले भने । ट्वीटरमा भिडिओ र भ्वाइस कलिङका लागि कसैलाई आफ्नो मोबाइल नम्बर दिइरहनु नपर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here