चुनावपछि पनि उत्साहित देखिएनन् लगानीकर्ता, रोकिएन् नेप्सेको ओरालो यात्रा

काठमाडौं, ६ मंसिर । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । भने अन्य सबै ओरालो लागेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जानकी फाइनान्स कम्पनीको शेयरमुल्य ६.।२३ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यसको आज १२ करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।

रिडी पावर कम्पनीको ८ करोड ६७ लाख बढीको कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । भने अन्य सबै ओरालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here