नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी, रेमिट्यान्स् कारोबार गर्नेतर्फ आईएमई

काठमाडौं । नेपाल टेलिकम आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ ।

आन्तरिक राजस्व विभागले १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १६ करदातालाई सम्मान गरेको हो ।

जसमा रेमिट्यान्स् कारोबार गर्नेतर्फ आईएमई लिमिटेड रहेको छ । बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ ।

पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ ।

मध्यममस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड रहेको छ । उद्योगतर्फ सबैभन्दा धेरै कर चिलिमे जलविद्युत कम्पनी बनेको छ।

त्यस्तै व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै कर बुझाउने करदाता जावलाखेल डिस्टिलरीका अध्यक्ष विजयकुमार शाह बनेका छन्। त्यस्तै गरी उक्त वर्ष सबैभन्दा बढी आन्तरिक राजश्व दाखिला गर्ने कम्पनी सूर्य नेपाल प्रालि बनेको छ।

कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धिकर दाखिला गर्ने गोर्खा ब्रुअरी सम्मानित भएको छ।

निर्यात कारोबारतर्फ शिवशक्ति घ्यू उद्योगले सम्मान पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here