पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड, ७ लाख बढी आवेदकको हात खाली

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

धितोपत्र विक्री प्रबन्धक सानिमा क्यापिटलको नक्सालस्थित कार्यालयमा बुधवार दिउँसो ४ बजे अइपीओ बाँडफाँड भएको हो ।

आइपीओमा १२ लाख ३० हजार ६०३ आवेदकबाट १ करोड ३८ लाख ४४ हजार ९०० कित्ता शेयर माग भएको थियो।

जसमा १२ लाख २७ हजार ५९ आवेदकबाट परेको १ करोड ३७ लाख ८५ हजार २२० कित्तामात्रै सदर भएको छ। बाँकी ३ हजार ५४४ आवेदकबाट परेको ५९ हजार ६८० कित्ता बदर भएको छ।

जसअनुसार भाग्यमानी ५ लाख १५ हजार ७८८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कम्पनीले कार्तिक २५ गतेदेखि कार्तिक २९ गतेसम्म आइपीओ निष्काशन गरेको थियो।

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।

सदर आवेदकमध्ये ७ लाख ११ हजार २७१ आवेदकको हात खाली भएको छ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक सानिमा क्यापिटल वेबसाइट https://www.sanima.capital र पिपुल्स हाइड्रोपावर कम्पनीको वेबसाइट peopleshydro.com.np बाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here