विश्वकप फुटबल: उपाधि दाबेदार जर्मनी जापानसँग पराजित

काठमाडौं । विश्व कप फुटबलमा उपाधि दाबेदार जर्मनीलाई जापानले हराएको छ ।

आज बुधवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा जापानले चार पटकको विश्व विजेता जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । खेलमा १ गोलले पछि परेको अवस्थामा जापानले पुनरागमन गर्दै २–१ को जित निकालेको हो ।

खेलको ३३ औँ मिनेटमा जर्मनीका लागि इल्काए गुन्डोगनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए । पहिलो हाफमा जर्मनी १–० ले अघि रहेको थियो ।

तर जापानले दोस्रो हाफमा २ गोल फर्कायो । जापानका लागि खेलको ७५ औँ मिनेटमा रित्सु डोन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गोल गरे । 

आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपमा च्याम्पियन बनेको जर्मनी रुसमा समूह चरणबाटै बाहिरिएको थियो। जापान रुसमा अन्तिम १६ मा पुगेर बेल्जियमसँग पराजित हुँदै बाहिरिनु परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here