मुख्य राजमार्गको ट्राफिक अवस्था अब गुगल म्यापमा हेर्न सकिने

काठमाडौं । तपाई बाहिर निस्कँदै हुनुहुन्छ, कहाँ ट्राफिक जाम छ,छैन, मुख्य राजमार्गको ट्राफिक अवस्था कस्तो छ ? यो सब थाहा पाउन अब चिन्ता गर्नुपर्दैन, ट्राफिक प्रहरीले तपाइँको स्मार्टफोनबाटै सम्पूर्ण जानाकारी लिन सक्नु हुनेछ ।

अबदेखि नेपालको शहरी क्षेत्रको मात्र नभएर मुख्य राजमार्गको ट्राफिक अवस्था समेत गुगल म्यापमा हेर्न सकिन्छ।

प्रयोगकर्ताले गुगल म्यापमा निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा सडकको ट्राफिक अवस्थाको जानकारी देखिन्छ।

गुगलले सन् २००७ मा पहिलोपटक सडकको रियल टाइम ट्राफिक अवस्था देखाउने फिचर थपेको थियो।

यस फिचरले निलो रंगले जाम नभएको, पहेँलो रंगले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो रंगले ट्राफिक जाम भइरहेको बुझाउँछ।

कम्पनीले सो फिचर थप गरेको झन्डै १५ वर्ष भइसकेको छ। गुगलले पछिल्लो अपडेट मार्फत नेपालमा यो ट्राफिक लाइभ सुविधा विस्तार गरेको हो। गुगलले १५ वर्षअघि सुरु गरेको लाइभ ट्राफिक सुविधा नेपालमा पनि देखाउन सुरु गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here