एयर इन्डिया र विस्तारा एयरलाइन्सले पाए मर्जर स्वीकृत, टाटा समूहलाई ठूलो राहत

`
काठमाडौं । भारतका दुई वटा वायु सेवा कम्पनी एयर इन्डिया र विस्तारा एयरलाइन्स एकअर्कासँग गाभिन अनुमति पाएका छन् । विस्तारा एयरलाइन्सको साझेदार सिंगापुर एयरलाइन्सको सञ्चालक समितिले मर्जरलाई अनुमोदन गरेको छ ।

सिंगापुर एयरलाइन्सको बोर्डको यो निर्णयले टाटा समूहलाई ठूलो राहत दिएको छ । किनभने टाटाले आफ्ना चार एयरलाइन्स ब्रान्डहरूलाई एयर इन्डिया लिमिटेडमा गाभ्न चाहेको छ ।

एयर इन्डिया र विस्तारा एयरलाइन्सको मर्जरको बारेमा जानकारी दिँदै, सिंगापुर एयरलाइन्सले एक विज्ञप्ति निकाल्दै बोर्डले मर्जरलाई स्वीकृति दिएको हो।

साथै, सम्झौता अनुसार, विस्ताराको टाटा सन्ससँगको संयुक्त उद्यम एयर इन्डियामा गाभिएपछि, एयर इन्डियाको नयाँ रूपमा सिंगापुर एयरलाइन्स समावेश हुनेछ।

मर्जरसँगै २५.१ प्रतिशत सेयर सिंगापुर एयरलाइन्सको रहनेछ । हाल टाटा सिङ्गापुर एयरलाइन्समा सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको छ । मर्जरको लागि नियामक स्वीकृति पाएपछि सिंगापुर एयरलाइन्सले एयर इन्डियामा २५ करोड डलर अर्थात् २००० करोड रुपैयाँ लगानी गर्नेछ।

सिंगापुर एयरलाइन्स र टाटाबीच २०२२-२३ र २०२३-२४ मा एयर इन्डियाको ग्रोथ अपरेसनको लागि अतिरिक्त पुँजी लगानी गर्ने सम्बन्धमा पनि सम्झौता भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here