लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच लगानी संभाव्यतासम्बन्धी एक सम्भौता भएको छ । लक्ष्मी क्यापिटल निजी इक्विटी र भेञ्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था हो ।

आइतबार सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँगको सहकार्र्यले अन्य परियोजनाहरूका लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here