हिमाल चढ्न १४४१ जना आरोहीले लिए अनुमति, ९ करोड ३१ लाख रुपैयाँ रोयल्टी संकलन

काठमाडौं । सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्ममा हिमाल आरोहणका लागि १७६ आरोही समूहका १४४१ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

पर्ययटन विभागका अनुसार आरोहीमध्ये १११० जना पुरुष र ३३१ जना महिला रहेका छन् । यो सिजनमा ४९ वटा हिमाल आरोहणका लागि आरोहीले अनुमति लिँदा ९ करोड ३१ लाख ४ हजार ६७७ रुपैयाँ राजस्व रोयल्टी संकलन भएको छ ।

नेपालीसहित हिमाल आरोहणका लागि यस वर्ष ७७ देशका आरोहीहरू नेपाल आएका छन् । यो अवधिमा सबैभन्दा बढी अमादब्बल हिमाल आरोहणका लागि ४० आरोही समूहका ४७५ आरोहीले आरोहण अनुमति लिएका छन् ।

अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको ३८ समूहका ४०४ जनाले अनुमति लिएका छन् । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए ।

अनुमति लिने आरोही मध्ये अमेरिकाबाट मात्र १४५ जनाले अनुमति लिएको विभागले जनाएको छ । यो संख्या सगरमाथासहित अन्य सबै हिमाल चढ्न लिएको अनुमति हो । अमेरिकाबाट ३४ महिला र १११ जना पुरुष आरोही नेपाल आएका छन् ।

विभागक अनुसार दोस्रो स्थानमा फ्रान्स रहेको छ । फ्रान्सबाट १३४ जनाले अनुमति लिएको विभागको तथ्यांक रहेको छ ।

जसमा ३१ जना महिला र १०१ पुरुष रहेका छन् । तेस्रो स्थानमा बेलायत रहेको छ । बेलायतबाट १३० जनाले अनुमति लिएको विभागको तथ्यांक रहेको छ । जसमा २३ जना महिला र १२३ पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here