रिङरोड विस्तारः कलंकीदेखि महाराजगञ्जसम्म मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौं उपत्यकामा रहेको चक्रपथ विस्तारअन्तर्गत सडक बिस्तारका लागि कलंकीदेखि महाराजगञ्जसम्म आवश्यक पर्ने संरचना हटाउने १५ दिनको समय दिएको छ ।

सडक निर्माण तथा विस्तारका लागि कलंकीदेखि महाराजगञ्जसम्म सडक खाली गर्न लागेको हो ।

जसको लागि सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन १५ दिनको समय दिइएको छ।

चक्रपथ सुधार आयोजनाले कलंकीदेखि महाराजगञ्जसम्म अस्थायी संरचना भत्काउन शुक्रबार एक सूचना जारी गरेको हो ।

स्वयम्भू, ठूलो भर्याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो ।

तोकिएको समयभित्र संरचना नहटाए सरकारले आयोजनाले ती संरचनाहरु भत्काउने र भत्काउँदा लाग्ने खर्च संरचना धनीसँग असुल गर्ने जनाएको छ।

सडकमा रुख काट्ने, विद्युतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम सकिएपछि आयोजनाले सडक खाली गराउन भनेको हो।

चीन सरकारको अनुदान सहयोगमा सो सडक विस्तार हुन लागेको हो। सडक बनाउन ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २०७२ मा भएको चीन भ्रमणका क्रममा पूरै चक्रपथ विस्तार गर्ने सहमति भएको थियो । २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here