यी हुन् विश्वको सबैभन्दा महंगो शहर

काठमाडौं । विश्वको सबैभन्दा महंगो र सबै भन्दा सस्तो शहरहरु कुन कुन होला ? यो जिज्ञासा धेरैलाई लाग्न सक्छ ।

‘ईकोनोमिष्ट इन्टेलिजेन्स युनिट’ले हालै एक प्रतिवेदन सार्वजनिक गरेको छ। यो सस्थाले वार्षिक रुपमा विश्वभरका महंगा शहरका वारेमा अध्ययन गर्ने गर्दछ । यो वर्ष उक्त संस्थाले १७३ शहरमा अध्ययन गरेको जनाएको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको सर्भे रिपोर्टको सूचीमा न्यूयोर्क र सिंगापुर विश्वको सबैभन्दा महंगो शहर बनेको हो । एसियाको सम्मृद्ध देशहरु मध्येको एक सिंगापुर घुमफिर गर्न चाहने विदेशी पर्यटकहरुको पनि उत्कृष्ट गन्तव्य हो ।

उक्त सूचीमा सबैभन्दा महंगा मुलुकमा अधिकांस धनि मुलुकहरू रहेका छन् ।

विश्वको सबैभन्दा महंगो शीर्ष १० न्यूयोर्क र सिंगापुर, तेल अभिभ, हङकङ, लस एन्जेलस, जुरिच, जेनेभा, सान फ्रान्सिसको, पेरिस, सिड्नी, कोपेन्हेगन रहेका छन् ।

अघिल्लो वर्ष विश्वभर आपूर्ति श्रृंखलामा आइरहेको समस्याका कारण उपभोग्य सानहरुको मूल्यमा भएको बढोत्तरी तथा बढ्दो महंगीका कारण इजरायलको तेल अबिब विश्‍वको सबैभन्दा महंगो शहर बनेको थियो ।

१७३ शहरमा अमेरिकी डलरलाई आधार बनाएर हरेक वर्ष यो सर्भे हुनेगर्छ। यसपटक विश्वका ठूला शहरहरुमा अधिकतम ‘कस्ट अफ लिभिङ’ ८.१ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here