काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।