सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ ।

यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन् ।

सेगवेको यो शुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ । सेगवे ई–स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दुरीको यात्रा मज्जाले गर्न सक्नेछ ।

यो सुविधा फाइदामुलक हुनुका साथै प्रभावकारी हुनेछ किनकी यसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछ र चार्जरहरू फीट गर्न पनि सजिलो हुनेछ ।

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here