बेल्जियमका कप्तान हाजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । बेल्जियमका मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कप्तान हाजार्डले बुधबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

हाजार्डकै कप्तानीमा कतार विश्वकपमा सहभागी भएको बेल्जियम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।

सन् २००८ मा बेल्जियमको टिमबाट ‘डेब्यू’ गरेका हाजार्डले बेल्जियमबाट २०१४, २०१८ र २०२२ को गरी तीन विश्वकप खेले । २०१८ को विश्वकपमा बेल्जियमले तेस्रो स्थान हासिल गर्दा हाजार्ड टिमका महत्त्वपूर्ण सदस्य थिए ।

उनले बेल्जियमको राष्ट्रिय टिमबाट १२६ अन्तर्राष्ट्रिय खेल खेल्दा ३३ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here