वीरगंज महानगरभित्र अतिक्रमणमा परेका नहर/कुलो खोजी गरी पुनः सञ्चालनमा ल्याइने

वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र अतिक्रमणमा परेका मूल नहर, शाखा नहर, टर्सरी नहर र कुलो सञ्चालनका लागि पहल सुरु गरेको छ।

सोमबार महानरमा आयोजित बैठकमा महानगर र सिंचाई विकास डिभिजन वीरगंज तथा नारायणी सिंचाई व्यवस्थापन कार्यालयबीच यस्तो सहमति भएको हो।

विगतमा सिंचाई प्रयोजनका लागि निर्माण गरिएका नहर र कुलो अतिक्रमणको चपेटामा पर्दा नहर/कुलो मासिँदै जानुका साथै खेती सिंचाईमा समस्या भएको थियो।

नहर/कुलोसँग सम्बन्धित कार्यालयले सात दिनभित्र यस्तो नहर/कुलो कहाँ कहाँ कति परिमाणमा अतिक्रमणमा परेका छन् त्यसको विस्तृत विवरण निकाल्ने र महानगरले त्यसलाई पुन:सञ्चालन गर्न पहल गर्ने सहमति भएको छ।

सिंचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगंजका प्रतिनिधि अखलाक सिद्दिकी र वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको सहभागिता सहभागिता रहेको थियो ।

महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पूर्वस्वीकृती लिएर अगाडि बढाउन नगर प्रमुख राजेशमान सिंहले निर्देशन दिएका छन्।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंजका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्सट्रक्सनका प्रतिनिधि बिजसवा अब्राहम, वडा अध्यक्ष रामकिशोर सिंह पराग, पुर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया र भरत थापा लगाएतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here