इमान्दार ट्याक्सी चालक: आफैँले फिर्ता गरे यात्रुले छोडेको साँढे दुई लाख

काठमाडौं, १६ साउन । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको दुई लाख पचास हजार रूपैयाँ ट्याक्सी चालकले सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।

सिन्धुली जिल्ला सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय ट्याक्सी चालक कुलबहादुर श्रेष्ठले उक्त रकम फिर्ता गरेका हुन् ।

बा२ज ४१५५ नंको ट्याक्सी चालक श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।

खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफैँ पैसा फिर्ता गर्न महाशाखा आएका थिए ।

चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरे । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here