किङ्सले पोखराको लेकसाइडमा शाखा खेल्ने, सेवाको वर्ष दिन पूरा

क्लाउडपत्रिका
काठमाडौं, २ फागुन । किङ्स लाउञ्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पूरा गरेको उपलक्ष्यमा आगामी बैशाख १ गतेदेखि पोखराको लेकसाईडमा पारिवारिक वातावरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो ।

पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा शुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएको सेवालाई अझै परिष्कृत रुपमा पोखराका सेवाग्राहीमाझ प्रस्तुत गर्ने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए ।
काठमाण्डौंको दरबारमार्गमा अवस्थित किङ्स लाउञ्जले ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै सेवा विस्तारलाई तिब्र पारेको श्रेष्ठको भनाई छ ।

यसै गरी प्रेम दिवसको दिन मंगोलियन हार्टले दरबारमार्गस्थित किङ्स लाउञ्जमा प्रस्तुती दिने भएको छ । मंगोलियन हार्टका राजु लामाले व्याण्डको सिरिज कन्सर्टअन्तरगत किङ्समा सांगितिक प्रस्तुती दिन लागेका हुन् । प्रेम दिवशका दिन साँझ ६ बजेदेखि लामाले आफ्नो व्याण्डको साथमा सांगितिक प्रस्तुती दिने छन् ।

नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पूर्ण सदस्यले एकैसाथ मनोरञ्जन लिन सक्ने, ग्राहकहरुलाई घरसम्म निःशुल्क पुर्‍याई  दिने ब्यवथा लाउञ्जले गरेको छ ।

लाउञ्जले दिउँसोको समयमा आउने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । लाउञ्जले बिहान ११ बजेदेखि राती साढे १२ बजेसम्म सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here