भारतको खस्किदो अर्थतन्त्र, खोसियो ‘टप फाइव’ पोजिसन

काठमाडौं, १७ साउन । अब भारतीय अर्थतन्त्र विश्वकै ठूलो ५ अर्थतन्त्र भित्र परेन । विश्व बैंकको पछिल्लो तथ्यांक अनुसार सन् २०१८ मा भारतलाई फ्रान्स र ब्रिटेनले पनि उछिनेका छन् ।

विश्वका ठूला अर्थतन्त्र भएको मुलुकको पहिलो नम्बरमा अमेरिका रहेको छ । विश्व बैंकको तथ्यांक अनुसार भारतको आर्थिक वृद्धि सन् २०१८ मा घटेको छ ।

जसको असर ५ ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा स्थापित उसको गरिमा पनि खस्किन पुगेको हो । सन् २०१८ मा भारतको आर्थिक वृद्धि ३.०१ प्रतिशत मात्र रहेको थियो ।

ब्रिटेनले यस वर्ष ६.८१ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न सफल भयो । फ्रान्सले यस वर्ष ७.३३ प्रतिशत आर्थिक वृद्धि गरेको तथ्यांक रहेको छ ।

आर्थिक मन्दीका कारण भारत सरकारले विकास निर्माणमा सुस्तता मात्र पाएन, त्यसले उसको गरिमा पनि घटाइदिएको छ । तथ्यांक अनुसार भारतको अर्थतन्त्रको आकार २.७३ ट्रिलियन डलर पुगेको छ ।

जहाँकी ब्रिटेनको अर्थतन्त्र २.८२ र फ्रान्सको अर्थतन्त्र २.७८ ट्रिलियन पुगेको छ । सोहीकारण भारत संसारको ठूला अर्थतन्त्र भएको मुलुकको ७ औं स्थानमा धकेलिएको हो ।

छैठौं स्थानमा फ्रान्स र ५ औं स्थानमा फ्रान्स आइपुगेका छन् । सन् २०१८ मा अमेरिकी डलरको तुलनामा भारतीय रुपीयाँ कमजोर हुनुबाट आर्थिक वृद्धि खस्किएको भारतीय अर्थविद्हरुले बताएका छन् ।

विश्वका ठूला अर्थतन्त्र भएको मुलुकको पहिलो स्थानमा अमेरिका छ । त्यसपछि चीन, जापान र जर्मनी रहेका छन् । सन् २०१९ मा भने भारतले पुनः आफ्नो स्थान ओगट्ने अनुमान गरिएको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here