पाँचतारे होटल मेरिएटमा खुल्यो एशियन रेष्टुरेन्ट ‘एडमामे’

काठमाडौं, १७ साउन । हालसालै सञ्चालनमा आएको पाँचतारे होटल मेरिएटमा एशियन खानाको स्वाद दिने एडमामे रेष्टुरेन्ट खुलेको छ ।

उक्त रेष्टुरेन्टमा जापानी, थाई र चिनियाँ खानाको विभिन्न परिकार पाईन्छ । यो रेष्टुरेन्टमा विशेष गरि याकिटोरी ग्रिल, लाइभ सुशी बार, डिम सम स्टेशन तथा एशियनबाट प्रेरित ककटेल सर्भ गर्ने बार पनि रहेका बताईएको छ ।

एडमामेमा भएको सजावट, इन्ट्रिकेट प्याट्रन, रेशमको कपडा तथा आर्कषक एशियन कलाले ग्राहकलाई एशियन देशहरुमा भएको महशुस गराउँने व्यवसायीले बताएका छन् ।

एडमामेका एक्जुकेटिभ सेफ संजीव रञ्जन र सेफ निन्जाल खानेकुराहरुको गुणस्तमा ध्यान दिने बताईएको छ ।

उद्घाटन समारोहमा बोल्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुईस रिपोचेले भने, ‘एडमामेमा हामी सिग्नेचर खाना भन्दा फरक क्युसाइन पेश गर्दछौं जुसले यहाँ खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अविस्मरणीय अनुभव प्रादान गर्दछ ।’

एडमामे २८ जुलाईबाट सबैका लागि खुल्ला गरिएको छ भने यसको खुल्ने समय साझँ ६ः३० बजे रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here