संस्कृति इन्टरनेशनल स्कुलले पायोे आईपीसी अक्रेडिटेशन

काठमाडौं, १७ साउन । संस्कृति इन्टरनेशनल स्कुल प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्रा्ष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो बनेको छ ।

यो मान्यता फिल्डवर्क एजुकेशन युकेले त्यस्ता विद्यालयहरुलाई प्रदान गर्दछ जसले व्यक्तिगत सिकाईलाई प्रोत्सहान गर्न र स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्न विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम अनुसरण गर्दछ ।

विश्वभरका ९२ वटा देशमा ७३० भन्दा बढि विद्यालयहरुले पालना गर्ने आईपीसीको आधिकारिक अक्रेडिटेशन हालसम्म १७ वटा विद्यालयले मात्र प्राप्त गरेका छन् र संस्कृति इन्टरनेशनल स्कुल ती १७ विद्यालय मध्यको एक हो ।

संस्कृति इन्टरनेशनल स्कुलले अध्ययनलाई सुधार गर्न इन्टरनेशनल अर्ली इयर करिक्युलम (आईईवाईसी), इन्टरनेशनल प्राइमेरी करिक्युलम (आईपीसी), इन्टरनेशनल मिडल इयर करिक्युलम (आईएमवाईसी) का सर्वाेत्कृष्ट विधि प्रयोग गरि राष्ट्रिय पाठ्यक्रमसँग सफल परिमार्जन गरिरहेको विध्यालयले बताएको छ ।

यसको सहयोगले नै संस्कृति इन्टरनेशनल स्कुलले विद्यार्थीको नेतृत्वदयी क्षमता तथा बालबालिका केन्द्रित अध्ययनमार्फत परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएकोबताईएको छ ।

‘हामी फिल्डवर्क एजुकेशन, युकेद्वारा प्रतिष्ठित आईपीसी अक्रेडिटेशन प्राप्त गर्न पाउँदा निकै प्रसन्न छौं ।’ संस्कृति इन्टरनेशनल स्कुलका अध्यक्ष रञ्जीत आचार्यले भने, ‘पहिलो दशकमै समग्र दक्षिण एशियामै यो मान्यता प्राप्त गर्ने पहिलो अन्तर्रा्ष्ट्रिय स्कुल बन्न पाउनु संस्कृतिका लागि निकै ठुलो उपलब्धी हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here