अर्बपतिले चियामा डुबाएर पार्ले-जी बिस्कुट खाइरहेको तस्वीर भाइरल !

एजेन्सी । इन्डिगो एयरलाइन्सका सह-संस्थापक तथा एमडी राहुल भाटिया उडानका क्रममा ५ रुपैयाँको चिया र पार्ले–जीको मजा लिइरहेका तस्विर भाइरल भएको छ ।

उद्योगी राहुल भाटियाले चियामा डुबाएर पार्ले-जी बिस्कुट खाइरहेका छन्, उनको अगाडि टेबुलमा ५ रुपैयाँको पार्ले(जी बिस्कुटको प्याकेट राखिएको छ ।

राहुल भाटिया सादगीका लागि परिचित छन्। फोर्ब्सका अनुसार राहुल भाटिया र उनका पिता कपिल भाटियाको रियल टाइम नेट वर्थ करिब ४.७ बिलियन डलर छ।

यसअघि पनि एक समय विश्वकै सबैभन्दा धनी रहेका माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स फुटपाथमा बर्गर किन्न लाइनमा बसेको तस्वीर भाइरल भएको थियो ।