एडीबी र लक्ष्मी बैंक बीच कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता

काठमाडौं, १७ साउन । एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम (टि एफ पि) तथा नेपालको अग्रणी बैंक लक्ष्मी बैंकबीच कर्जा तथा ट्रेड सहयोगको लागि एक सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता हस्ताक्षर पछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले एडिविको यस कार्यक्रममा सहभागी हुन पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएकोको कुरा बताए ।

एडिबिको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अनसाइट तथा अफसाइट कार्यहरु प्रति लगनशील रहेका कारणले यस परियोजनामा सहभागी भएको उनले बताए ।

लक्ष्मी बैंक नेपाली साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आएको बैंकले बताएको छ । वर्तमान अवस्थामा निजी क्षेत्रबाट गरिएको यस प्रकारको लगानीले आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

नेपालका लागि एडिवि इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुगेको र यो नयाँ सुविधाले पुननिर्माणको कार्यले देशमा आर्थिक क्रियाकलाप हुन गई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here