पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति र बुद्धको ‘डेमो’ उडान सफल

तस्विर: अच्युत पुरीको फेसबुकबाट

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ ।

विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २:१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २:२७ मा अवतरण भएको जानकारी दिए ।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरूले विमानस्थल प्राविधिक रूपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ,’ उनले भने ।

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रूपमा विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएको र अवतरण पनि सहज भएको बताए । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ ।

विमानस्थलमा बुद्ध एयरले पनि दिउँसो ३:६ बजे विमानस्थलमा अवतरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here