बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु

काठमाडाैं, १७ साउन । काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान दश बजेतिर काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा उनीहरू अड्किएका थिए । लामाे समयसम्म उनीहरू ननिस्किएपछि डाेजर लगाएर उनीहरूलाई निकालिएकाे थियाे ।

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेका छन् । उनीहरु सहोदर दाजुभाइ भएकाे बताइएकाे छ ।

उनीहरूलाई पाइपबाट बेहाेश अवस्थामा निकालेर तत्कालै शिक्षण अस्पताल पठाइएकाे थियाे । अस्पतालले उनीहरूलाई मृत घाेषित गरेकाे महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जानकारी दिएकाे छ ।

घटनाबारे अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here