यी हुन् सन् २०१८ मा सबैभन्दा धेरै कमाउने १० फुटबल क्लब

फुटबल संसारमा सबैभन्दा धेरै मन पराइने खेल हो । रोमाञ्चक हुने यो खेलका नियमहरु दर्शकले पनि सजिलै बुझ्न सकिने साथै तिव्र गतिमा खेलिने भएकाले यसका दर्शहरु धेरै हुन्छन् ।

ठूलो दर्शकहरु हुने भएकाले यसको बजार पनि ठूलो छ । धेरै धनराशीका उपाधि, ठूलो राशीको टेलिभिजन प्रशारण आम्दानी, टिकट बिक्री, आफ्नो ब्राण्डका विभिन्न खेल सामग्रीहरु बिक्री आदि माध्यमबाट क्लबले ठूलो रकम आर्जन गर्ने गर्छन् ।

फुटबल खेल हेर्नको लागि दर्शकहरुले पनि धेरै धनराशी खर्च गर्ने गर्छन् । विश्वप्रसिद्ध कम्पनी र ब्राण्डको विज्ञापन बापत पनि फुटबल क्लब र खेलाडीले ठूलो रकम हात पार्छन् ।

नाम चलेका यूरोपियन लिगका ठूला क्लबहरुको कमाई हामीले सोचेभन्दा धेरै हुने गर्छ । संसारमा केही यस्ता विश्वप्रसिद्ध फुटवल क्लबहरु छन् जसको कमाई लोभलाग्दो रहेको छ ।
उनीहरुको आम्दानी पनि धेरै हुने गर्छ र ती क्लबहरुले राम्रा खेलाडी भित्र्याउन अथाह खर्च पनि गर्छन् ।

आज हामीले सन् २०१८ सर्वाधिक धेरै धनराशि कमाउने १० व्यावसायीक फुटबल क्लबको बारेमा जानकारी दिन गइरहेका छौं ।

यी हुन् २०१८ मा सर्वाधिक कमाउने फुटबल क्लब

१०. टोटमह्याम

इंग्लिस प्रिमियर लिग क्लब टोटमह्याम २०१८ मा सबैभन्दा धेरै पैसा कमाउने फुटबल क्लबको १० औं स्थानमा रहेको छ । इङ्ल्याण्डका कप्तान समेत रहेका ह्यारी केन यस क्लबका मुख्य खेलाडी हुन् ।

यस सिजनको च्याम्पियन्स लिगको उपविजेता समेत रहेको टोटनह्यामले २०१८ मा ४ सय ८४.६ मिलियन अमेरिकी डलर कमाएको छ ।

९. आर्सनल

सबैभन्दा धेरै पैसा कमाउने क्लबको नवौं स्थानमा पनि प्रिमियर लिगकै क्लब आर्सनल रहेको छ । आर्सनलमा हाल मुख्य खेलाडीको रुपमा जर्मनीका चर्चित फुटवलर मेसुट ओजिल र ग्याबोनका पिएर इमरिक अबामेयाङ आदि रहेका छन् ।

आर्सनलले सन् २०१८ मा ४ सय ९७.९ मिलीयन अमेरिकी डलर कमायो ।

८. चेल्सी

सन् २०१८ मा सबैभन्दा धेरै पैसा कमाउने फुटबल क्लबको आठौं स्थानमा चेल्सी रहेको छ । यो पनि प्रिमियर लिगकै चर्चित क्लब हो ।

यस क्लबमा ब्राजिलका विलियन, फ्रान्सका एन्जेलो कान्ते लगायतका चर्चित खेलाडी रहेका छन् । चेल्सीले २०१८ मा ५ सय ७१.१ मिलीयन अमेरिकी डलर कमायो ।

७. लिभरपुल

यस सिजनको च्याम्पियन्स लिग विजेता र इंग्लिस प्रिमियर लिगको रनरअप क्लब लिभरपुल सर्वाधिक धेरै कमाउने फुटबल क्लबको सातौं स्थानमा रहेको छ । यस क्लबमा मुख्य खेलाडीको रुपमा इजिप्टका मोहम्मद सालाह, नेदरल्याण्डका भर्जिल भ्यान डाइक, नाइजेरियाका सादियो माने लगाएत रहेका छन् ।

लिभरपुलले २०१८ मा ५ सय ८२.१ अमेरिकी डलर कमायो ।

६. पेरिस सेन्ट जर्मन

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन २०१८ मा सबैभन्दा धेरै पैसा कमाउने क्लबको छैठौं स्थानमा रहेको छ । पिएसजीका चर्चित फुटवल खेलाडीहरुमा नेमार, एमबाप्पे, काभानी, डिमारीया लगायत रहेका छन् ।

यस क्लबले सन् २०१८ मा ६ सय १४.१३ मिलीयन अमेरिकी डलर कमायो ।

५. म्यानचेष्टर सिटी

यस सिजनको प्रिमीयर लिग च्याम्पियन म्यानचेष्टर सिटी सन् २०१८ मा सबैभन्दा धेरै पैसा कमाउने क्लबको पाँचौं स्थानमा रहेको छ । क्लबमा मुख्य खेलाडीको रुपमा अर्जेन्टिनाका अग्युरो, इंग्ल्याण्डका रहिम स्टर्लिङ, बेल्जियमका केभिन डि ब्रुयन लगाएत रहेका छन् ।

यस क्लबले सन् २०१८ मा ६ सय ४४.४ मिलियन अमेरिकी डलर कमायो ।

४. बायर्न म्यूनिख

जर्मन फुटबल महारथी बायर्न सन् २०१८ मा ७ सय १३ मिलियन डलर आम्दानी गर्दै सबैभन्दा धेरै पैसा कमाउने क्लबको चौंथो स्थानमा रहेको छ ।

थोमस मुलर, म्यानुयल नोयर जस्ता जर्मन स्टार खेलाडीहरु रहेको क्लबका मुख्य स्ट्राइकर पोल्याण्डका रोवर्ट लेवान्डोस्की हुन् ।

३. म्यानचेष्टर यूनाइटेड

सबैभन्दा धेरै इंग्लिस प्रिमियर लिग जितेको यस क्लबले सन् २०१८ मा ७ सय ५५ मिलियन अमेरिकी डलर आम्दानी गरेको थियो ।

युनाइटेड सन् २०१८ मा सबैभन्दा धेरै आम्दानी गर्ने क्लबको तेस्रो स्थानमा रहेको छ । यस क्लबको मुख्य खेलाडीमा फ्रान्सका पउल पोग्बा, बेल्जियमका रोमेरु लुकाकु लगायत रहेका छन् ।

२. बार्सीलोना

यस सिजनको ला लिगा च्याम्पियन बार्सीलोना खेलको मामिलामा मात्रै होइन कमाइको मामिलामा पनि अगाडी रहेको छ । बार्सीलोना शहरको नाम राखको यो फुटबल क्लबमा अर्जेन्टिनाका चर्चित खेलाडी लियोनेल मेस्सी, उरुग्वेका ड्यानियल स्वारेज, फ्रान्सका मोसुवा डेम्बेले आदि रहेका छन् ।

बार्सीलोना सन् २०१८ मा ७ सय ८२.७१ डलर अमेरिकी डलर आम्दानी गर्दै सबैभन्दा धेरै कमाउने क्लबको दोस्रो स्थानमा रहन सफल भयो ।

१. रियल मड्रिड

स्पेनी राजधानी मड्रिड सहरमा रहेका फुटबल क्लब रियल मड्रिड चर्चित फुटबल क्लब हो । सबैभन्दा धेरै च्याम्पियन्स लिग जितेको यो क्लबको मुख्य खेलाडीको रुपमा स्पेनी रक्षक सर्जियो रामोस, फ्रान्सका करिम बेन्जेमा, वेल्सका स्ट्राइकर ग्यारेथ बेल आदि रहेका छन् ।

अघिल्लो सिजनको च्याम्पियन्स लिग विजेता मड्रिड सन् २०१८ मा ८ सय ५१ मिलियन अमेरिकी डलर आम्दानी गर्दै सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल क्लब बनेको हो ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here