दूरसञ्चार प्राधिकरणले पुस १५ देखि ‘एमडीएमएस’ पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ ।

विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित एमडीएमएस० पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन लागेको हो ।

शुक्रवार सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ ।

भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट आउँदो पौष १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी/नागरिकत/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र एमडीएमएसमा गइ दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here