यसरी निकाल्नुस कार्डबिना एटिएमबाट पैसा

काठमाडौं, ९ पुस । कहिलेकाँही हतारमा एटिएम कार्ड साथमा नहुँदा पैसा निकाल्न नमिलेर समस्यामा परेको अनुभव धेरैको होला । अथवा एटिएम कार्ड लिन घरतिर कुद्नुपरेको अवस्था पनि आएको होला । तर पछिल्लो समय ग्राहकको यस्तो समस्यालाई मध्यनजर गर्दै विभिन्न बैंकहरुले कार्डलेस वीथड्रल सेवा सञ्चालनमा ल्याएका छन् ।

जसमा एटिएम कार्ड नभएको अवस्थामा पनि एटिएम मेसिनबाट आफ्नो खातामा भएको पैसा निकाल्न सकिन्छ । नेपालमा पनि केही बैंकहरुले यस्तो सुविधा लिइरहेका छन् भने कतिले दिने योजना बनाइहेका छन् । यो सुबिधा लिनका लागि सम्बधित बैंकको डिटेल तथा एप भने मोवाइलमा डाउनलोड गरेको हुनुपर्छ ।

यसरी निकाल्नुस एटिएमकार्ड बिना पैसा

शुरुमा प्लेस्टोरमा गएर सम्बन्धित बैंकको एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्छ ।

त्यसपछी सो एप खोलेर त्यहाँ भित्र कार्डलेस एप ओपन गर्ने । त्यहाँ दिइएका विभिन्न अप्सनमध् कार्डलेस भन्ने अप्सन छनौट गर्ने ।

तपाँईले कति पैसा निकाल्न चाहनुभएको त्यो डायल गर्ने तथा त्यसमा ओके गर्ने र कन्फर्म गर्ने ।

त्यसपछी बैंकले तपाँईको मोवाइल नम्बरमा ओटीपी पठाउछ ।

अब एटिएममा कार्डलेस क्यासमा क्लिक गर्ने । आफ्नो मोवाइल नम्बर इन्टर गर्ने । त्यसपछी ६ डिजिटको ओटीपी आउछ । सो ओटीपीलाई एटिएममा डायल गर्ने । कति रुपैयाँ निकाल्ने त्यो कन्फर्म गर्ने । त्यसपछी पैसा कलेक्ट गर्न सकिन्छ ।

पैसा निकालेपछी मोवाइलमा कति पैसा निकालियो भनेर म्यासेज बैंकले पठाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here