सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

काठमाडौं, १७ साउन । सहकारी विभागले सहकारी संस्थाहरुको बचत र ऋणमा ब्याजदरको सीमा तोकेको छ । अबदेखि कुनै पनि सहकारी संस्थाले ऋण लगानीमा अधिकतम १६ प्रतिशत बढी ब्याज लिन नपाउने भएका छन् ।

सहकारी संस्थाको लागि सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले यस्तो सीमा तोकेको हो । समितिको बिहीबारको निर्णय अनुसार साउन १९ गतेबाट लागु यो व्यवस्था लागु हुने छ ।

त्यसैगरी बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको छ । नयाँ व्यवस्थाअनुसार कुनै सहकारी संस्थाले १६ प्रतिशतमा कर्जा लगानी गर्छ भने उसले निक्षेपमा कम्तीमा १० प्रतिशत ब्याज दिनुपर्ने हुन्छ ।

सन्दर्भ ब्याजदर तोक्नको लागि सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रिय विषयगत संघहरुबाछ प्रतिनिधि र सहकारी विभागका उपरजिष्ट्रा सदस्य सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफासि समितिको गठन गरिएको थियो ।

विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेका अनुसार सहकारी विभाग ब्याजदर तोक्ने कार्यका बाहेक बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका तयार गर्ने लगायत सहकारी क्षेत्रमा सुशासनको लागि आवश्यक नीतिगत संरचना बनाउने कार्यमा लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here