चीनले कोरोनाको कडाइ कम गर्ने, ८ जनवरीदेखि विदेशी यात्रुले क्वारेन्टिन बस्न नपर्ने

काठमाडौं । काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ ।

आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

आगामी वर्षको जनवरी ८ देखि कोभिड-१९ को ‘क्लास ए’ व्यवस्थापनलाई ‘क्लास बी’मा झार्ने तयारी गरिएको राष्ट्रिय स्वास्थ्य आयोगले घोषणा गरेको छ।

जनवरी ८ पछि चीनले देशमा प्रवेश गर्ने व्यक्ति र सामानहरूमा क्वारेन्टाइन लगाउने छैन। त्यस्तै, अब कोभिड-१९ का बिरामीहरूलाई समेत क्वारेन्टिनको आवश्यकता पर्ने छैन।

यसैगरी ‘नोबेल कोरोना भाइरस निमोनिया’को नाम परिवर्तन गरेर ‘नोबेल कोरोना भाइरस संक्रमण’ राख्ने निर्णय समेत भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

चीनमा कोरोना संक्रमणका बिरामीहरु बढिरहेको समाचार आइरहेका छन् । केही दिनअघि मात्रै विश्व स्वास्थ्य संगठनका अधिकारीले चीनमा बढिरहेको कोरोनाको लहर चिन्ता बढाउने किसिमको रहेको भनेर टिप्पणी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here