टेलिकमको‘फाइभजी’आइतवारदेखि, परीक्षण अवधिभर निःशुल्क

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले आइतवारदेखि ‘फाइभजी’ परीक्षण थाल्ने भएको छ ।

अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट यो सेवाको परीक्षण गर्न लागेको हो ।

परीक्षण अवधिमा ग्राहकले निःशुल्क रुपमा फाइभजीको अनुभव लिन सक्नेछन् । प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् ।

अहिले विश्वबजारमा फाइभजी प्रविधिको विकास हुँदैछ । सो प्रविधि आएपछि प्राप्त हुने उच्च गतिको सुविधायुक्त इन्टरनेट सेवाबाट प्राप्त हुने ‘जेरो लेटेन्सी’बाट अनेकन लाभ प्राप्त गर्न सकिने विज्ञले बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here