पोखरेलीले देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना पूरा हुँदै, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

तस्विर: अच्युत पुरीको फेसबुकबाट

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनको खुसियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ ।

पुरानो विमानस्थलदेखि ३ किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्बमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो ।

आइतबार भने हिमालय एयरलाइन्सले एयरबस ३२० मार्फत पहिलो डेमो उडान गर्दै छ । अन्तर्राष्ट्रिय उडान सुरु नहुँदासम्म काठमाडौं, भरतपुर, भैरहवा, नेपालगन्ज र धनगढी हुने आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ मा जग्गा अधिग्रहण सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here