नेमारलाई भित्र्याउने बार्सीलोनाको तयारी, पिएसजीसँग कुराकानी हुँदै

काठमाडाैं, १९ साउन । क्याटलान क्लब बार्सीलोना आफ्ना पूर्व ब्राजिली फरवार्ड नेयमारलाई फेरि क्लबमा भित्र्याउने तयारीमा लागेको छ ।

क्लबमा अधिकारीहरुले नेयमारलाई अनुबन्धित गर्नको लागि पिएसजीसँग कुराकानीको तयारी गरीरहेका छन् ।

लिग वान च्याम्पियन पिएसजीले नेयमारलाई उनीहरुले सन् २०१७ मा बार्सीलोनालाई तिरेको २२२ मिलियन यूरो दिएमा बेच्ने संकेत दिइसकेकाे छ । त्यस भन्दा नघट्ने भने पिएसजीले
प्रष्ट रूपमा बताइसकेको छ । ठूलाे रकम र ठूलाे पारिश्रमिक तिर्नुपर्ने भएकाले बार्सीलाेना अहिले रकम जाेहाे गर्न तिर लागेकाे बताइएकाे छ ।

२७ वर्षे यी स्टार खेलाडी पनि क्याम्प नोउ नै फर्कन इच्छुक रहेको र ला लिगाको च्याम्पियनले पनि उनलाई फर्काउनको लागि केही दिनभित्रै औपचारिक रुपमा प्रस्ताव गर्ने तयारी बार्सीलाेनाकाे तयारी छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here