पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, हेलिकप्टरबाट पुष्प वृष्टि (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन्।

पोखरामा आज आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्रीले विमानस्थल उद्घाटन गरेका हुन्। आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।

उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ। कार्यक्रमका दौरान हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो भने विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए।

विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो। जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भएको हो। उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको उनीहरुको भनाइ छ।

चीनको ऋण तथा अनुदान सहयोगमा निर्मित विमानस्थल उद्घाटन समारोहको जिम्मेवारी पोखरा महानगरपालिकाले पाएको छ।

महानगरले यसलाई एउटा उत्सवको रुपमा लिँदै आज पोखरामा सार्वजनिक बिदा दिएको छ भने साँझ घरघरमा दीपावली गर्न पोखरावासीलाई अनुरोध गरेको छ।

तस्विर: प्रधानमन्त्रीको सचिवालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here