एक वर्षमा नेपाल भित्रिए ६ लाख १४ हजार पर्यटक, सबैभन्दा बढी भारतीय

काठमाडौं । सन् २०२२मा हवाई यातायातमार्फत ६ लाख १४ हजार १ सय ४८ विदेशी नेपाल भ्रमणका लागि आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, बंगलादेश लगायत पाँच मुलुकबाट धेरै पर्यटक आएका छन्।

भारतबाट २ लाख ९ हजार १०५, अमेरिकाबाट ७७ हजार ९, युकेबाट ४४ हजार ७८१, अस्ट्रेलियाबाट २६ हजार ८७४, बंगलादेशबाट २५ हजार ३८४ पर्यटक भित्रिएका हुन्।

नेपाल भित्रिएका कुल पर्यटकमध्ये सार्क मुलुकका ४०.०६, युरोपबाट २१.७२, अमेरिकाबाट १४.१३ अन्य एशियाली मुलुकबाट ८.०३ प्रतिशत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here