गायक सुशान्त केसी बने सोमस्र्वीको ब्राण्ड एम्बेस्डर

काठमाडौं, १९ साउन । सोमस्र्वी एप्पल साइडरले गायक सुशान्त केसीलाई ब्रान्ड एम्बेस्डर घोषित गरेको छ ।

नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमस्र्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त केसीेले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेको कम्पनीले बताएको छ ।

‘हामीे यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ ।’ गोर्खा ब्रुअरीका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले भन ‘यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमस्र्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने छन् ।’

सुशान्तले भने, ‘म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ । मलाई आशा छ सोमस्र्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु ।’

नेपाली बजारमा उपलब्ध एकमात्र एप्पल साइडर सोमस्र्वी गोर्खा बु्रअरीले मे २०१६ बजारमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here