इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, यस्तो छ नयाँ भाडादर

काठमाडौं, २५ पुस । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा पनि घटेको छ ।

वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागु हुने गरी भाडा घटाएको हो । जसअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । धनगढीको नयाँ भाडादर ७ हजार ५१० तोकिएको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ थियो ।

यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ । त्यसैगरी काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुपैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ तोकिएको छ ।

संघले काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटाएको छ । विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम गरेको छ ।

त्यस्तै काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्ज ६५५, तुम्लिङटार ३७०, सिमरा १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here